-->

NonAligned Movement for Nepal

About the Movement

Persistent Positive Public Pressure for a Peaceful and Prosperous Nepal.

Looking for something?

Subscribe to this blog!

Receive the latest posts by email. Just enter your email below if you want to subscribe!

डा. गोविन्द के.सी.बाट व्हिलचियरबाटै आन्दोलन घोषणा

डा. गोविन्द के. सी. को आमरण अनसन सुरु

प्राध्यापक डाक्टर गोविन्द के. सी. शनिबार आफ्नो आमरण अनसनको बारेमा जानकारी दिन शिक्षण अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनका क्रममा (तस्बिर साभार प्रतिक भण्डारी)

 

आजभन्दा ठिक चार हप्ता  अगाडी अनसन सुरु गरेका वरिष्ठ हाड जोर्नी विशेषज्ञ प्राध्यापक डाक्टर गोविन्द के. सी. ले अझैं पूर्ण स्वास्थ्यलाभ नगरीसकेको अवस्थामा आज (२०७० माघ २५ गते, शनिबार) दिउसो १ बजे पत्रकार सम्मेलन गरि शिक्षण संस्थानहरुमा राजनीतिक हस्तक्षेप र भ्रस्टाचार बिरुद्धको अभियानको चौथो आमरण अनसन सुरु गरेका छन्।


बिशेष गरि उनलाई समर्थन गर्ने रेसिडेन्ट र स्नातक तहका बिद्यार्थी, अस्पतालमा उपस्थित जनसमुदाय, उल्लेख्य संख्यामा उपस्थित पत्रकारगणको अगाडी व्हिलचियरमा बसेर सानो मन्तव्य र आफ्ना मागहरु राखेर उनले आफ्नो अनसन आज २ बजे दिउसो बाट थाल्ने घोषणा गरेका थिए।

खासगरी उनको अघिल्लो अनसनका मागहरु मद्धेको एक प्रमुख र निर्णायक: नयाँ डीन नियुक्ति सम्बन्धि माग पुरा नभएकाले डा. के सी फेरी अनसन बस्न बाध्य भएका हुन्। 

डा. गोविन्द के. सी. को आमरण अनसनका मागहरु यस प्रकार छन्:

पत्रकार सम्मेलनका क्रममा आफ्ना मागहरु पढेर सुनाउदै डा. गोविन्द के सी (तस्बिर साभार @ 


१. डिन नियुक्तिलगायतका विषयमा जनभावनाविपरित तथा सरकारको प्रत्यक्ष निर्देशनको समेत अवज्ञा गर्दै चिकित्साशास्त्र अध्ययन संस्थानलाई अस्तव्यस्त बनाउने त्रिवि पदाधिकारीलाई बर्खास्त गरी कारवाही गरियोस् ।

२. अनुचित दबाबले राजीनामा गर्न बाध्य बनाइएका आइओएमका तत्कालिन डिन डा. प्रकाश सायमीलाई पुनः नियुक्ति गरियोस्, उहाँ अनिच्छुक भएमा विशुद्ध वरिष्ठताका आधारमा तत्काल डिन नियुक्ति गरियोस् । त्रिविलगायत देशका सम्पूर्ण शैक्षिक र प्राज्ञिक निकायमा राजनीतिक भागबन्डामा नभई वरिष्ठताका आधारमा पदाधिकारी नियुक्त हुनुपर्ने व्यवस्था लागु गरियोस् ।

३. विगतमा छानबिनका क्रममा दोषी पाइएका आइओएमका पूर्व पदाधिकारीलाई तत्काल कारवाही गरियोस् । नयाँ मेडिकल कलेजलाई संबन्धन दिने प्रक्रियामा भएका अनियमितता छानबिन गरी सम्पूर्ण दोषीलाई तत्काल कारवाही गरियोस् ।

४. अधिकांश नेपाली बसोबास गर्ने ग्रामीण क्षेत्रमा सरकारी मेडिकल कलेज स्थापना गरियोस् ।

५. अघिल्लो अनसनका क्रममा भएका सरकारसंग भएका सम्झौताहरु (चिकित्सा शिक्षाको राष्ट्रिय नीति बनाएर मात्र आगामी दिनमा थप मेडिकल कलेजलाई संबन्धन दिने तथा चिकित्सा विज्ञान विश्वविद्यालय स्थापनासंबन्धी) को अक्षरसः कार्यान्वयन गरियोस् ।
 

डा. गोविन्द के. सी. ले यो अनसन बस्नुअघि के गरे त?

पछिल्लो पटकको अनसन तोड्न सरकारबाट सचिवस्तरीय कार्यदल गठन भई उक्त कार्यदलले चिकित्सा शास्त्र अध्ययन संस्थान सुधारका लागि डा. के.सी. ले राखेका विविध मागहरु पुरा गर्ने प्रतिबद्धता पाईसकेपछी उनले १४औं दिनमा माघ १० गते आमरण अनसन अन्त्य गरेका थिए। यस बिचमा उनि अस्वस्थ रहे पनि निकै सक्रिय रहे । 

सर्वप्रथम मेडिकल आइ सी यु कै सैय्याबाट अन्तर्वार्ता मार्फत उनले 'मेडिकल माफियाहरु हारेको छ तर जुनसुकै दिनमा सक्रिय हुनसक्छ' भनेर सबै न्यायप्रेमी आम नागरिक लाई सजक बनाउने प्रयाश गरे। 

लगत्तै उनले डीन नियुक्ति गर्न सरकारी ढिलासुस्ती भैरहेको अवस्थामा सरकारका तर्फबाट बनाइएको कार्यदलका सदस्य नेपाल सरकारका सचिवहरुलाई एस. एम. एस. मार्फत खबर पठाई ठोस निर्णय लिन अल्टिमेटम दिएका थिए।  डा. के सी ले उक्त राष्ट्रिय भावना बोकेको आन्दोलनको भाव तुहिन नदिन उच्च पदस्थ अधिकारिहरुलाई निरन्तर खबरदारी गरिरहे( हेर्नुहोस माघ २१, माघ २२ ) । सोहि समयमै डा. के सी ले फेरी आर्को अनसन बस्नुपरे आम जनतालाई माफी माग्दै अपिल जारि गरेका थिए।  

पछी सरकारले पछिल्लो अनसनको मर्मलाई सम्बोधन हुने गरि बनाएको सचिवस्तरीय कमिटिलाई पूर्ण रुपमा नजरअन्दाज गर्दै त्रि.वि. पदाधिकारीहरुले गठन गरेको राजनैतिक भाग-बन्डामा आधारित सर्च कमिटि बनाएको थियो। उक्त कमिटिले  कुनै काम गर्न नसक्ने भन्दै स्वयम् कमिटिकै एकजना प्राध्यापकले राजिनामा दिईसकेपछी उक्त कमिटिको औचित्य समाप्त भैसकेको अवस्थामा डा. के सीले आफ्नो चौथो अनसन सुरु गर्ने निधो गरेका हुन् ।
यसअघि डा. गोविन्द के.सी.ले आजै(शनिबार) बिहान राष्ट्रपति डा. राम बरण यादवलाई भेटि आफ्नो अभियान र अगाडिका कदमका बारेमा जानकारी गरिएका थिए ।

यस अवधिमा डा. गोविन्द के.सीले सके-सम्म आफ्नो काममा फर्कदा उनको स्वास्थ्यले साथ नदिएपछि  थलिएर अस्पतालमै उपचाररत थिए।
 

आजको पत्रकार सम्मेलनको भिडीयो हेर्नुहोस



(प्रतीक भण्डारीको ब्लगमा राखिएको उनले खिचेको पत्रकार सम्मेलनको भिडीयो तस्बिर)