विविध कारणबस संबिधान सभाको अन्त्य भएपनि त्यस दौरानपहिलो संबिधान सभा भित्र र बाहिर राजनैतिक दलहरुका बिचमा, विभिन्न बिषय र मुद्दाका अध्येता रजानकारहरुका बिचमा, अनि आम जनतामाझ थुप्रै बहसहरु भए, थुप्रै छलफलहरु चलाइए र थुप्रै अभियानहरु संचालनमा आए। हाम्रो समाज र देशमा इतिहासदेखि हालसम्मका दिनसम्म रहेका प्रवृतिहरु, मुद्दाहरु र तिनमा रहेका सबल पक्ष र तिनमा रहेका कमि-कमजोरीहरुका बारेमा हामीले शिक्षित हुने अवसर पायौं।
पुरानो संबिधान सभा बिगठन भएपनि नेपाली समाजको यथार्थ बदलिएको छैन। नेपाली जनताका आकांक्षा बदलिएका छैनन्:समावेशी राष्ट्रियता र द्रुत र उत्तरदायी आर्थिक-सामाजिक विकास नै हाम्रा साझा सपना हुन्, हाम्रा अभिलाषा हुन्।
हाम्रो गृहकार्य पुगेको छ, निचोडहरु हाम्रा अगाडी छर्लंग छन् र तिनलाई आधिकारिक रुप दिएर संबिधान जारि गर्ने काम एउटा ऐतिहासिक औपचारिकता मात्र हो।
राजनैतिक व्यवस्थालाई सच्च्याउने नाममा हामी रुमल्लिरहंदा कयौं मुलुकहरुले गरिबी निर्मुल परिसके, गास-बास-कपास र सुरक्षाको मुद्दाहरुबाट माथि उठेर परोपकार र विज्ञानका नयाँ सम्भावनाहरुको पथमा लम्किसके। उनीहरुको समस्थितिमा पुग्नेहो भने हामीले हाम्रा अवरोधहरुलाई यथासिघ्र पन्छ्याउनै पर्छ।
अब संबिधान लेख्ने काममा अझै २-४ वर्ष खेर फाल्नलाई न त हामीसंग त्यति श्रोतनै छ; न त यो अवस्थामा हामीलाई त्यति धेरै समयको आवस्यकता नै छ।
एक वर्षमा संबिधान बनाउन सकिन्छ; बनाउनै पर्छ।
आग्रहवेदन: Petition
Importance of the Issue: Extremely Important
Urgency of the Issue: EmergencyNumber of Steps: Four (4)
Time required: Less than 1 minute
Difficulty level: Very Easy
अब, हजारौं-लाखौँ जनताले सबै नेताहरुलाई एकै आवाजमा संबिधान लेख्ने काममा जुट्न आग्रह गरौँ।
यस पेज मार्फत हजुरले हाम्रो देशका राष्ट्रपतिलाई, उपराष्ट्रपतिलाई, प्रधानमन्त्री र मन्त्रीमंडललाई, संबिधान सभाका सभामुख र सदस्यहरुलाई अनि प्रमुख राजनैतिक दलहरु हरेकलाई एकैपटकमा आफ्नै नाममा आधिकारिक अग्राहवेदन(आग्रहमुलक निवेदन, Petition) पठाउन सक्नुहुन्छ।
सामुहिक ई-मेल कसरि पठाउने?
PROCESS : प्रक्रिया
एक मिनेट भन्दा कम समय लाग्ने
4 Easy Steps:
................................................................................................................................
Step No. 1. यहाँ क्लिक गर्नुहोस्।
Step No. 2. त्यसपछि नयाँ ट्याबमा हजुर Change.org को Petition भएको पेजमा पुग्नुहुन्छ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjXa3i3ShONMgHuYffO3v1MLX8E-chq82oeSCZArTIMD8aOszpblyhUJMUh7ULyDQpzjwB2ON9nZ6VtpdHRl-VU4Ivs29XJXDwsz7osZ_RHelxMtBXBERtKpdh7BJBNbrxpQas6vSospeA/s1600/change.ogepage.jpg)
Step No. 3. त्यसपछि तल हरियो चिन्हले देखाएको स्थानमा आफ्नो नाम, इमेल ठेगाना र हालको ठेगाना भर्नुहोस्।
4. त्यो भन्दा तल रहेको Sign > मा क्लिक गर्नुहोस् ।
.............................................................................................................................................
धन्यबाद, हजुरको यो ई-मेलले अब हाम्रो संबिधान एक वर्षमै बनाउन नेताहरुलाई व्यापक नागरिक दबाब जानेछ ।
हजुरहरुले यसरी पठाउने आग्रहवेदन देशका जिम्मेवार पदमा आसिन
पदाधिकारीहरु बाहेक प्रमुख राजनैतिक दलहरुलाई पनि त्यहि बेला पठाइनेछ। त्यसै गरि, इ-मेल मार्फत डा. बाबुराम
भट्टराई, माधव कुमार नेपाल, गगन थापा लगायतका नेताहरुलाई
पनि हजुरहरुको यो व्यक्तिगत संदेश जानेछ।
धन्यबाद।
जय देश!
धन्यबाद।
जय देश!
No comments:
Post a Comment