-->

NonAligned Movement for Nepal

About the Movement

Persistent Positive Public Pressure for a Peaceful and Prosperous Nepal.

Looking for something?

Subscribe to this blog!

Receive the latest posts by email. Just enter your email below if you want to subscribe!

किन नेपालमा अहिलै, आफ्नै व्यवसाय सुरु गरको फाइदा छ?




पसिना बगाउ अब, रगत धेरै बगिसक्यो
यो देशले सराप्ला, धेरै अबेला भैसक्यो


हरेक दिन मजदुरीको लागि बिदेसिने नेपालीहरुको भिड हेर्दा हेर्दा अब हामीलाई  अचम्म लाग्न छोडिसक्यो। लागोस् पनि कसरि? लगभग हरेक घरबाट एकजना युवा काम खोजीमा विदेसिएका छन्। तर हरेक दिन जस्तो सुनिने विदेशको नारकीय जीवनका समाचार सुनीरहँदा पनि विदेश जानेहरुको लर्को नघटेको पक्ष केलाउँदा हामीलाई झट्ट के लाग्न सक्छ भने त्यसरी बिदेसिनु हाम्रा युवाहरुको बाध्यता हो। हो, सतहमा अहिले बिदेसिनु सबैभन्दा सजिलो उपाय जस्तो लाग्छ

तर स्वतन्त्रता त्यहाँ छ, जहाँ उद्द्यमशिलता छ 



आजको दिनमा आइपुग्दा नेपालमा व्यवसाय खोल्नु निकै लाभदायक छ। 

अहिले नेपालमा तपाईंले आफ्नै उद्द्यम सुरु गर्दाका केहि फाइदाहरु: 


१. तपाईंको आर्थिक र सामाजिक व्यक्तित्वको विकास हुनेछ; गाउँ-समाजमा प्रतिष्ठित हुनुहुनेछ

२. नेपालमा अहिले पुग्नेजति धेरै ब्यापार/व्यवसाय खुलिसकेकै छैनन्: तपाईंले सुरु गर्ने व्यवसायिक मोडेल आफ्नो क्षेत्रमा संभवत: पहिलो नै पनि हुन सक्छ। यस्ता अग्रगामी व्यवसायहरुबाट हुने मनग्गे फाइदा सबै तपाईंकै हुनेछ

३. हाम्रो देश जनसंख्याको हिसाबले संसारकै ४१औं ठुलो मुलुक हो। यसरि हाम्रो आफ्नै आन्तरिक बजार पनि निकै ठुलो छ

४. हाम्रो देशमा हालसम्म पनि शिक्षित युवाहरुले रोजगारीका अवसरहरु नपाइराखेको अवस्थामा उच्च प्राविधिक ज्ञान भएका, कर्मशील र सृजनशील व्यक्तिहरुलाई पनि आफ्नो संस्थामा आफ्नो सपनामा आबद्ध गराउन सकिन्छ

५. हाम्रो समाज उपभोगमुखी छ: छिमेकी मुलुकहरुका समान आर्थिक हैसियत भएका व्यक्तिहरुभन्दा हामी राम्रो खान-लगाउन रुचाउँछौं। यसरि हाम्रो देशमा उत्पादनहरुको खपत हुने सम्भावना धेरै छ

७. हालसम्म सुरक्षा र अन्य कारणले ठुला बिदेशी कम्पनीहरुले नेपाली बजार खास्सै ओगट्न सकेका छैनन्। तर शान्ति प्रकृया टुंगो लाग्दै गरेको तर बिदेशी लगानी भित्रिन हिचकिचाईरहेको यस अवस्थामा तपाईंको व्यवसाय फस्टाउनका लागि अथाह सम्भावना छन्

८. आफ्नै पुंजी नहुँदा पनि हाल नेपालमा लगानी गर्ने अवसर टन्नै छन्: विदेशबाट आएको रेमिटेन्स ब्यांकहरुमा थन्किएको छ, घरजग्गाको भाउमा आएको उतार-चढावले नवधनाड्यहरु बनाएका छन् आदि। त्यसै कारण ब्यांकहरुको व्यवसायिक कर्जा पनि छिमेकी देशहरुको तुलनामा निकै कम छ

९. चीन र भारतका तुलनामा नेपालमा व्यवसाय खोल्न पनि सजिलो छ। नेपालमा औसत १७ दिनमा आफ्नो नयाँ व्यवसाय दर्ता गर्न मिल्छ, त्यहि गर्न भारतमा २७ दिन लाग्छ, चीनमा ३३ दिन

हाम्रा छिमेकी चीन र भारतले दुत्र गतिमा आर्थिक विकास गरिरहँदा हाम्रो देश अछुतो रहन सक्दैन; सामान्य अवस्थामा पनि नेपालको आर्थिक रुपान्तरण अवस्यम्भावी छ। यहाँका ब्यापार-व्यवसायहरु फस्टाउनेछन्, यहाँका जनताको आर्थिक स्थिति सबल हुनेछ। तर त्यसो भन्दैमा हात बाँधेर बसेर, अल्छी गरेमा; तपाईं आफै उत्पादनमुलक कार्यमा नलागेमा संवृद्धि तपाइलाई खोज्दै आउने छैन

एउटा चिनियाँ उखान छ: ' रुख लगाउने सबैभन्दा राम्रो बेला २० वर्ष अघि हो। र त्यसपछिको सबैभन्दा राम्रो समय अहिले हो' । त्यसै गरि आफ्नो उद्द्यम जति छीटो सुरु गर्यो त्यति राम्रो

4 comments:

IPPNW BIKE TOUR said...
This comment has been removed by the author.
IPPNW BIKE TOUR said...
This comment has been removed by the author.
IPPNW BIKE TOUR said...

But to start some business on their own money pani chaiyo ni haina? Where does that come from when people have problem filling their tommy.well, ideally its possible and we can say that they should work very hard but unless government shows some willingness its futile I guess.Your text is very inspiring.I wish this could happen in reality.

Unknown said...

Thank you for commenting.

Yes, to start any business I need some capital. But that capital(money) needed not necessarily be from my own pocket. Take for example the case of Buddha Air, the most trusted Airlines in Nepal. It was a Rs. 70 million start up entirely on LOAN. They purchased one aircraft out of that money. The rest is history. They had only collected papers, oversimplification obviously, but no owners had put his personal property into it.

This example is a representative of the fact that even 'huge' businesses can be started without cash of your own. Other examples are Housings and many more.

However, there is no denying that Education and other factors do not play a role.