-->

NonAligned Movement for Nepal

About the Movement

Persistent Positive Public Pressure for a Peaceful and Prosperous Nepal.

Looking for something?

Subscribe to this blog!

Receive the latest posts by email. Just enter your email below if you want to subscribe!

जनताको शक्ति

राजनैतिक परिवर्तनका लागि एकजुट नागरिक अब आर्थिक र सामाजिक परिवर्तनका लागि पनि एकताबद्ध हुने समय आइसकेको छ
कुनै पनि स्वतन्त्र र लोकतान्त्रिक मुलुकको सर्वभौमिकता त्यो देशको जनतामा निहित हुन्छ ।
 
हाम्रो देश नेपालमा पनि इतिहासका विभिन्न समयमा परिवर्तन र अग्रगमनका निम्ति जनताले, आम नागरिकले सशक्त आन्दोलनहरु न चर्काएको भए हामी अझै पनि अशिक्षा, दमन र भेदभाव को भुमरीमा रुमल्लिरहेका हुने थियौं ।
हाम्रो जस्तो देशमा राजनीतिमा व्यस्था र विश्वासको अझै पनि खडेरी रहेको अवस्थामा हामी जनताको भूमिका नेताहरुलाई निर्वाचित गराएर पठाउने मात्र हुन हुदैन, एकजुट भएर नेताहरुलाई, दलहरुलाई सतर्क बनाइराख्ने पनि हाम्रो कर्तव्य हुन आउछ।

संवृद र समतामुलक देश बनाउन इतिहास देखि बर्तमान सम्मका कमीकमजोरीहरुलाई पछी छोड्दै भोलिका असिमित सम्भावनाहरुलाई समेट्ने भावनाको बिकास गर्ने अवसर र चुनौती हाम्रो पुस्तालाई छ
भोलिको  शान्त, समतामुलक र सम्वृद्ध नेपाल निर्माण गर्नको लागि एउटा सशक्त एकताबद्ध नागरिक अभियान आजै बाट सुरु गरौँ।