-->

NonAligned Movement for Nepal

About the Movement

Persistent Positive Public Pressure for a Peaceful and Prosperous Nepal.

Looking for something?

Subscribe to this blog!

Receive the latest posts by email. Just enter your email below if you want to subscribe!

नेपालको नयाँ पुस्ता

अहिलेको नयाँ पुस्ताले ल्याउनेछ शान्त र सम्वृद्ध नेपाल
अबको नेपाल एउटा नयाँ पुस्ताले चलाउनेछ



नेपालको अहिलेको पुस्ता एकताबद्ध नेपालमा विश्वास राख्छ

यो पुस्ताका नेपालीहरुको राष्ट्रियता उनीहरुको मुटुमा ढक्क फुलेर रहेको देशको लागि अगाध मायामा झल्कन्छ अनि उनीहरुको आफ्नो गाउँ-घरमा बोलिने मातृभाषामा, रितिरिवाजको सास्कृतिक गौरवमा निखारिन्छ


बिबिधतामा एकताबद्ध नेपाल

 

नेपालको अहिलेको पुस्ता सम्वृद्ध नेपालमा विश्वास राख्छ

यो पुस्ताका नेपालीलाई के विश्वास छ भने एउटा सफल र प्रगतिशील सभ्यताको तबमात्र जन्म हुन्छ जब  सृजनशिलाता र मिहिनेतको सामाजिक सदभावसंग गहिरो सम्बन्ध विकास हुन्छ यो नयाँ पुस्ता स्वप्नद्रष्टाहरुको हो, विस्वास गर्नेहरुको हो अनि उद्द्यमशील राष्ट्रवादीहरुको हो

नेपालको अहिलेको  पुस्ता शान्त र समतामुलक  नेपालमा विश्वास राख्छ

एकता र संवृद्धि संगै यो पुस्ताका नेपालीहरुले दिगो शान्तिको मुहान खोल्नेछ्न; जहाँ एक अर्काका विचार, संस्कृति र आकांक्षा प्रति सम्मान र हेरचाह गर्ने अद्वितीय व्यवहारले एउटा शान्त, समतामुलक समावेशी समाजको निर्माण हुनेछ

नेपालको यो नयाँ पुस्ताले अब एकताबद्ध, सम्वृद्ध, शान्त र समतामुलक देश बनाउनेछन्