-->

NonAligned Movement for Nepal

About the Movement

Persistent Positive Public Pressure for a Peaceful and Prosperous Nepal.

Looking for something?

Subscribe to this blog!

Receive the latest posts by email. Just enter your email below if you want to subscribe!

नेताहरुलाई संबिधान बनाउन घच्घच्याउनुहोस्: Sign the Petition


विविध कारणबस संबिधान सभाको अन्त्य भएपनि त्यस दौरानपहिलो संबिधान सभा भित्र र बाहिर राजनैतिक दलहरुका बिचमा, विभिन्न बिषय र मुद्दाका अध्येता रजानकारहरुका बिचमा, अनि आम जनतामाझ थुप्रै बहसहरु भए, थुप्रै छलफलहरु चलाइए र थुप्रै अभियानहरु संचालनमा आए। हाम्रो समाज र देशमा इतिहासदेखि हालसम्मका दिनसम्म रहेका प्रवृतिहरु, मुद्दाहरु र तिनमा रहेका सबल पक्ष र तिनमा रहेका कमि-कमजोरीहरुका बारेमा हामीले शिक्षित हुने अवसर पायौं।

पुरानो संबिधान सभा बिगठन भएपनि नेपाली समाजको यथार्थ बदलिएको छैन। नेपाली जनताका आकांक्षा बदलिएका छैनन्:समावेशी राष्ट्रियता र द्रुत र उत्तरदायी आर्थिक-सामाजिक विकास नै हाम्रा साझा सपना हुन्, हाम्रा अभिलाषा हुन्।

हाम्रो गृहकार्य पुगेको छ, निचोडहरु हाम्रा अगाडी छर्लंग छन् र तिनलाई आधिकारिक रुप दिएर संबिधान जारि गर्ने काम एउटा ऐतिहासिक औपचारिकता मात्र हो।

राजनैतिक व्यवस्थालाई सच्च्याउने नाममा हामी रुमल्लिरहंदा कयौं मुलुकहरुले गरिबी निर्मुल परिसके, गास-बास-कपास र सुरक्षाको मुद्दाहरुबाट माथि उठेर परोपकार र विज्ञानका नयाँ सम्भावनाहरुको पथमा लम्किसके। उनीहरुको समस्थितिमा पुग्नेहो भने हामीले हाम्रा अवरोधहरुलाई यथासिघ्र पन्छ्याउनै पर्छ।
अब संबिधान लेख्ने काममा अझै २-४ वर्ष खेर फाल्नलाई न त हामीसंग त्यति श्रोतनै छ; न त यो अवस्थामा हामीलाई त्यति धेरै समयको आवस्यकता नै छ।

एक वर्षमा संबिधान बनाउन सकिन्छ; बनाउनै पर्छ।


आग्रहवेदन: Petition


Importance of the Issue: Extremely Important

Urgency of the Issue: Emergency
Number of Steps: Four (4)
Time required: Less than 1 minute
Difficulty level: Very Easy


अब, हजारौं-लाखौँ जनताले सबै नेताहरुलाई एकै आवाजमा संबिधान लेख्ने काममा जुट्न आग्रह गरौँ।


यस पेज मार्फत हजुरले हाम्रो देशका राष्ट्रपतिलाई, उपराष्ट्रपतिलाई, प्रधानमन्त्री र मन्त्रीमंडललाई, संबिधान सभाका सभामुख र सदस्यहरुलाई अनि प्रमुख राजनैतिक दलहरु हरेकलाई एकैपटकमा आफ्नै नाममा आधिकारिक अग्राहवेदन(आग्रहमुलक निवेदन, Petition)  पठाउन सक्नुहुन्छ।




सामुहिक ई-मेल कसरि पठाउने?
PROCESS : प्रक्रिया

 एक मिनेट भन्दा कम समय लाग्ने

4 Easy Steps:


................................................................................................................................
Step No. 1. यहाँ क्लिक गर्नुहोस् 

Step No. 2. त्यसपछि नयाँ ट्याबमा हजुर Change.org को Petition भएको पेजमा पुग्नुहुन्छ 













Step No. 3. त्यसपछि तल हरियो चिन्हले देखाएको स्थानमा आफ्नो नाम, इमेल ठेगाना र हालको ठेगाना भर्नुहोस् 











 





 4. त्यो भन्दा तल रहेको     Sign >     मा क्लिक गर्नुहोस्  
.............................................................................................................................................
धन्यबाद, हजुरको यो ई-मेलले अब हाम्रो संबिधान एक वर्षमै बनाउन नेताहरुलाई व्यापक नागरिक दबाब जानेछ  






हजुरहरुले यसरी पठाउने आग्रहवेदन देशका जिम्मेवार पदमा आसिन पदाधिकारीहरु बाहेक प्रमुख राजनैतिक दलहरुलाई  पनि त्यहि बेला पठाइनेछ। त्यसै गरि, इ-मेल मार्फत डा. बाबुराम भट्टराई, माधव कुमार नेपाल, गगन थापा लगायतका नेताहरुलाई पनि हजुरहरुको यो व्यक्तिगत संदेश  जानेछ।

धन्यबाद

जय देश!

No comments: