-->

NonAligned Movement for Nepal

About the Movement

Persistent Positive Public Pressure for a Peaceful and Prosperous Nepal.

Looking for something?

Subscribe to this blog!

Receive the latest posts by email. Just enter your email below if you want to subscribe!

परिवर्तन आफैबाट, आजैबाट


पहिले
संबिधान सभाको लागि नेपाली जनता ले ५० वर्ष पर्खे 
विभिन्न आन्दोलन र युद्धहरुमा गरि ५०औं हजार देशवासीले बलिदानी दिए

त्यसपछि बल्ल तल्ल नेपालमा संबिधान सभा बन्यो


पहिलो संबिधान सभाको जम्मा खर्च : ९१ अर्ब २७ करोड
प्रत्येक दिनको खर्च (चार वर्ष सम्म) : ६ करोड २५ लाख


त्यति पैसाले के के हुन सक्थ्यो होला ?
त्यति ठुलो लगानीले कति वटा जल-बिद्द्युत योजनाहरु पुरा हुन्थे होलान? कति नयाँ स्कुलहरु बनाउन सकिन्थ्यो होला ? कति नयाँ अस्पताल हरु बन्थे होलान ? अनि ति परियोजनाहरुले ति विकास कार्यक्रमहरुले हाम्रो आफ्नै देशमा कति धेरै रोजगारीका अवसर सृजना गर्थे होलान?

त्यतिबेला एउटा सशक्त अथक र एकताबद्ध नागरिक खबरदारी नहुँदा देशले संबिधान बनाउने महत्वपूर्ण अवसर गुमायो।
त्यतिबेला हामी जागेका भए, संबिधान दिनै पर्छ भनेर अर्को सृजनशील जनआन्दोलनमा होमिएका भए के नेताहरु आम जनताको त्यति धेरै दु:ख र बलिदानी पछी प्राप्त भएको संबिधान-सभा त्यति निर्लज्ज भएर भंग गर्ने आँट गर्थे? गर्दै गर्दैनथे।



अहिले

के तपाईलाई नेताहरु को बोलि मा बिश्वास छ?
तर अब फेरी हामीले तिनै नेताहरुलाई जिताएका छौं  अनुहार हरु तिनै हुन्, विचारहरु पुरानै छन्, बानीहरु त्यही हुन्, प्रवृतिहरु पुरानै छन्
संबिधान सभामा पार्टीहरुले समानुपातिक तर्फका सभासदहरु पठाउँदाको आन्तरिक कलह देख्दा के स्पस्ट हुन्छ भने अझै सम्म पनि हामीले बिश्वास गरेका नेताहरु संबिधान लेखन प्रति उत्साहित छैनन्, उनीहरु अझै पनि पार्टी भित्रकै स-साना कलहमा रुमल्लिरहेका छन्
संबिधान बनाउदा उनिहरु सबै आफ्ना स-साना मतभेदहरुलाई मिलाउन लग्नु पर्ने हुन्छ अहिले यौटै विचार बोकेका पार्टी हरु भित्र त एस्तो छ भने पछी फरक फरक विचारधारा बोकेका पार्टी हरु कसरि मिल्ने होलान खै

भनिन्छ नि एक चोटी ठगिदा ठग्ने लाई धिक्कार, फेरी ठगिदा ठगिने लाई धिक्कार!!!
बेलैमा जागौं
घरमा, चियापसलमा, स्कुल क्याम्पसमा सबैतिर यो बहस चलाऔं, र पार्टीहरु, नेताहरु र सभासदहरुलाई खबरदारी गरौँ।

समयमै समावेशी र बिकसगामी संबिधान निर्माण गर्नको लागि एउटा सशक्त एकताबद्ध नागरिक अभियान आजै बाट, आफै बाट सुरु गरौँ।

"एक वर्षमा संबिधान बनाउन सकिन्छ, बनाउनै पर्छ!"