![]() |
पशुपतिमा गाँजा तान्दै एक साधु (तस्बिर साभार: sangesh.com.np) |
देश महाशिवरात्रिको भक्ति रसमा देश लठ्ठीरहँदा हामी धेरैले ख्याल नगरेको पाटो के हो भने आजै दोश्रो संबिधान सभाका लागि भएको चुनाबको पनि एक सय दिन पुरा भएको छ।
हरेक वर्ष पशुपतिमा कहाँ कहाँबाट हो, सयौं साधुहरु बाबाहरु
आइपुग्छन्; यसपालि हाम्रो संबिधान सभामा पनि कहाँ कहाँबाट को को आएका
छन्; लेखाजोखै छैन। कोहि साधुहरु ढोंगी हुन्छन्, कोहि चोर, कोहि अपराधि: हाम्रा सभासदहरु
पनि त्यस्तै छन्। अनि तिनै चोर सधुहरुले जस्तै हाम्रा सभासदहरु पनि
सबै नेपालीका मनकामना पुरा गर्ने आसिक दिंदै संबिधान सभामा जम्मा भएका छन्। सबै को
इक्षा पुरा हुन्छ रे; तथास्तु।
जनताले माग्छन्; एक वर्षमा संबिधान देऊ:
नेताहरु जनताले भन्दा चर्को स्वरमा उद्घोष गरिदिन्छन् -
तथास्तु। आज सय
दिन बितिसक्दा पनि सरकार पुरा बनाउन नसक्नेहरुले भाषण गर्न छोड्दैनन्; “जसरि पनि एक बर्षमा संबिधान बनाउन कटिबद्ध छौं”। हामीले जाने-बुझेको बर्षको एक-तिहाई त बितिसके जस्तो लाग्छ।
हुनत पैसा खुवाएर
नेता बनेका आधाभन्दा धेरै ‘धनानुपातिक’(धनले समानुपातिक) र तिनकै करोडौंको कालो धनको मध्ये ९ लाख ९९
हजार ९ सय ९९ रुपैयाँ खर्च गरका ‘प्रतक्ष्य’ तर्फका सभासदहरुले कामै नगरेका
होइनन्: आज सम्म
दुईवटा ठुला काम गरिसके। पहिलो काम: पहिलो बैठकमा जनतालाई
प्रजातन्त्रको नाममा भोट खसाल्न झुक्क्याएकोमा खुसियाली मनाउने। र
दोश्रो काम: एउटा नाममा कम्युनिष्ट भएको कुनै ठुलै (?)राजनैतिक दलका एउटा ब्यापारी-नेताले आफुले चलाउने भनेको ‘सामुदायिक’ ''मेडिकल कलेज खुलेन भने अनसन बस्छु'' भनेर धम्कि दिने। काम द्रुत गतिमा हुँदैछ; बधाई छ
सबैलाई।
![]() |
संबिधान सभा बैठक (तस्बिर साभार:demotix.com) |
जनता उतारेर एउटा आन्दोलनबाट एउटा नयाँ पार्टी पैसा खाने ठाउँमा पुग्छ र
जनतालाई चुस्छ: यहि हो नेपालको आधुनिक इतिहास । जनताले खोजेको सम्मानपूर्ण
जीवन हो, शान्ति र संवृद्धि। त्यहि कमजोरीमा
खेलेर नेताहरुले धेरै पार्टीहरु खोले; कैले राणा ढाले कैले ज्ञानेन्द्रलाई फाले।
आम जनताले संबिधान लेख्दा उत्पीडन र क्षेत्रिय विकासलाई पनि बिचार गर है भनेका छन्:
नेताहरु आ-आफ्नो फाइदा अनुसार त्यसलाई विभाजन
र कलहको व्यु रोप्छन्।
वास्तवमा राज्यको पुनःसंरचना सम्बन्धि बहस आजभोली ओझेलमा
परेको छ। अहिले नसोँचे फेरी १०-१५ वर्षमा आर्को
क्रान्ति अर्को आन्दोलन हुने निश्चित छ। त्यतातिर कहिले हो
संबिधान सभामा कुरा अघि बढ्ने ? तर तिलस्मी जादु गर्नसक्ने हाम्रा 'चमत्कारी' नेताहरु
हामीहरुलाई अझै भन्दै छन्: तथास्तु।
आम जनताले देशमै रोजगारी सिर्जना गर है भनेका छन्:
हाम्रा सभासदहरु डाक्टर बनाएर अरब पुर्याउने सपना
बुन्दैछन्; युवालाई विदेश पठाउने म्यानपावर संचालकहरु मन्त्रि बन्दैछन्। अनि हामी जनतालाई
भन्दै छन्: तथास्तु।
आम जनताले भन्छन् देशको अस्मिता जोगाऊ:
हाम्रा सभासदहरु मद्धे केहि पाए भारतको स्थानीय चुनाब लड्नेनसके नेपालमै ट्राई हान्ने तप्काका, कहिँ न कहींका, छन्। अनि
पौराणिक कथामा सुनेजस्ता त्यस्ता एक ठाउँमा बिलाएर अर्को ठाउँमा उत्पत्ति हुनेहरुलाई जनताले पत्याउनै
पर्यो: तथास्तु।
उपसंहार
![]() |
तिम्रो इक्षा पुरा होस्! पशुपतिमा साधुहरु (तस्बिर साभार: arunachalasamudra.org) |
2 comments:
aaa
Nepali Date Today
Post a Comment