-->

NonAligned Movement for Nepal

About the Movement

Persistent Positive Public Pressure for a Peaceful and Prosperous Nepal.

Looking for something?

Subscribe to this blog!

Receive the latest posts by email. Just enter your email below if you want to subscribe!

एक वर्षमा संबिधान बनाउन सकिन्छ; बनाउनै पर्छ।




नेपाली जनताले धेरै संघर्ष र बलिदानीबाट प्राप्त गरेको संबिधान सभाको पहिलो संस्करण विविध कारणबस भंग भयो र यो दोश्रो संबिधान सभाको आवस्यकता पर्यो । यो दौरानमा पहिलो संबिधान सभा भित्र र बाहिर राजनैतिक दलहरुका बिचमा, विभिन्न बिषय र मुद्दाका अध्येता र जानकारहरुका बिचमा, अनि आम जनतामाझ थुप्रै बहसहरु भए, थुप्रै छलफलहरु चलाइए र थुप्रै अभियानहरु संचालनमा आए। यो प्रक्रियाको अन्त्यमा संबिधान सभाको अन्त्य भएपनि त्यस दौरान हाम्रो समाज र देशमा इतिहासदेखि हालसम्मका दिनसम्म रहेका प्रवृतिहरु, तिनमा रहेका सबल पक्ष र तिनमा रहेका कमिसमजोरीहरु का बारेमा हामी शिक्षित हुने अवसर पायौं।



बास्तवमा हामी नेपालीहरु मध्ये गाउँ वा सहरमा बस्ने, हामी मध्ये पढेलेखेका वा पढाईले भन्दा भोगाईले जीवन अघि बढाईरहेका, कुनै राजनैतिक विचार वा दलमा आस्था राख्ने वा यहाँको राजनीतिको फोहोरी खेलबाट वाक्क भैसकेका, युवा जोशले भरिएका वा अनुभवले खारिएका सबैले  केहि सिक्ने मौका पायौं।

अब हामी सबैले मान्ने कुरा के हो भने नेपालमा शान्ति र संवृद्धि स्थापित गर्न जसरि हामी सबैमाझ राष्ट्रिय एकताको भावना को खाँचो छ, त्यसरी नै सृजनशीलता, उर्जशिलता र उद्द्यमशीलता जरुरी छ।
हामीले बुझेको सत्य के हो भने जसरि हाम्रो देशमा कुनैपनि जात-जाति र भाषा-भाषीको उग्र-अभिमान वा विभेद कसैलाई सह्य छैन त्यसरी नै विखण्डनकारी उक्साहट पनि नविन नेपाल निर्माणको पथमा अस्वीकार्य छन् । यो दौरानमा हामीले के जान्यौँ भने हामी नेपालीले आफ्नालागि आफैले निर्णय लिनुपर्छ, र हामीले लिन सक्छौं पनि; अहिलेसम्म हामीले नआँटेका मात्र हौँ। हाम्रो देशको समावेशी राष्ट्रियता नै हाम्रो सभ्यताको विशेषता हो; जुन अन्त कतैबाट पनि साभार गर्न मिल्दैन।

हामीले यो दौरान के थाहा पायौं भने आदर्शले मन त भर्ला तर पेट भर्दैन, पहिले हामीलाई संका लाग्थ्यो। हामीले हाम्रो गाउँ-घरका ति सबै झुप्रा र अलि राम्रा घरहरुका सबै छोरा-छोरीहरुले गुणस्तरीय स्वास्थ्य सुबिधा पाउने व्यवस्था गर्नैपर्ने आवस्यकता महशुस गर्दै उनीहरुको वृतिविकासका लागि चाहिने स्तरीय र सर्वसुलभ शिक्षाको प्रत्याभूति गर्न सक्ने समतामुलक समाजको निर्माण गर्नु छ; उनीहरुलाई अनुशासन र सभ्यताका गहनाले सिंगर्नु छ अनि उनीहरुको संवृद्ध जिवानयापनका लागि सृजनशीलता र मेहेनतको सम्मान गर्ने प्रगतिशील समाज निर्माण गर्नु छ। आउँदो पुस्तालाई मात्र होइन हामी आफ्नै लागि पनि  सुरक्षित, सभ्य र संवृद समाजको निर्माण गर्नु छ।

पुरानो संबिधान सभा बिगठन भएपनि नेपाली समाज को यथार्थ बदलिएको छैन। नेपाली जनताका आकांक्षा बदलिएका छैनन्: समावेशी राष्ट्रियता र द्रुत र उत्तरदायी आर्थिक-सामाजिक विकास नै हाम्रा साझा सपना हुन्, हाम्रा अभिलाषा हुन्।

यसरि हाम्रो गृहकार्य पुगेको छ, निचोडहरु हाम्रा अगाडी छर्लंग छन् र तिनलाई आधिकारिक रुप दिएर संबिधान जारि गर्ने काम एउटा ऐतिहासिक औपचारिकता मात्र हो।

राजनैतिक व्यवस्थालाई सच्च्याउने नाममा हामी रुमल्लिरहंदा कयौं मुलुकहरुले गरिबी निर्मुल परिसके; गास-बास-कपास र सुरक्षाको मुद्दाहरुबाट माथि उठेर परोपकार र विज्ञानका नयाँ सम्भावनाहरुको पथमा लम्किसके। उनीहरुको समस्थितिमा पुग्ने हो भने हामीले हाम्रा अवरोधहरुलाई यथासिघ्र पन्छ्याउनै पर्छ।

अब संबिधान लेख्ने काममा अझै २-४ वर्ष खेर फाल्नलाई न त हामीसंग त्यति श्रोतनै छ; न त यो अवस्थामा हामीलाई त्यति धेरै समयको आवस्यकता नै छ।

एक वर्षमा संबिधान बनाउन सकिन्छ; बनाउनै पर्छ।